ललितपुर । बातमती प्रदेशका कृषि तथा पशुपंशी विकास मन्त्री मधुसूदन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको चौथो जिल्ला अधिवेशनले यसपटक पनि मिठाराम केसीकै नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ । स्थापनानकालदेखि नै प्रतिष्ठान केसीकै नेतृत्वमा सक्रिय रहँदै आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले कृषि पेसालाई आधुनिक र आकर्षक बनाउन सिर्जनात्मक कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने भन्दै कृषि प्रवर्धनमा सहायक हुने दोहोरी प्रतियोगितासहितका सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिनु भयो । उहाँका अनुसार यस्तो कार्यक्रमले कृषि मन्त्रालय र प्रतिष्ठानबिच सहकार्यको नयाँ मार्ग खुल्नेछ ।
केन्द्रिय समितिको सर्कुलरअनुसार आजै देशका सबै जिल्ला समिति तथा मातहत संरचनाहरूको अधिवेशन पनि सफलतापूर्वक सम्पन्न गरिएको कार्यक्रमका विशेष अतिथि प्रतिष्ठानका केन्द्रिय सदस्य तथा कलाकार कुशल बेलबासेले जानकारी दिनु भयो ।

अधिवेशनले अध्यक्षमा मिठाराम केसी, उपाध्यक्षमा विदुर घिमिरे र गोबिन्दप्रसाद घिमिरे, महिला उपाध्यक्षमा पुष्पा लामिछाने, सचिवमा दिपक बजगाईँ, सहसचिवमा बिरबल स्याङतान, कोषाध्यक्षमा दिनेश खड्का, सह–कोषाध्यक्षमा लक्ष्मणप्रसाद दुलाल चयन गरेको छ ।
सदस्यहरूमा गीता घिमिरे, शर्मिला थापा मगर, रामप्रसाद घिमिरे, शिवप्रसाद घिमिरे, सुन्तली खड्का, हुद्दराज घिमिरे, कृष्णहरी सिल्वाल, सीता नेपाली, रेवतीप्रसाद दाहाल, बलराम महत, लेखा बजगाईँ, बाबुकृष्ण सापकोटा, रुपा नगरकोटी, केदारप्रसाद सापकोटा, गणेशकुमारी चौँलागाईँ, कोपिला कार्की घिमिरे र गोमा सञ्जेल रहनु भएको छ ।
अधिवेशनका सहभागीहरूले नयाँ नेतृत्वसँग संस्थाको प्रभावकारी कार्यक्रम, सामुदायिक संलग्नता र कृषि-आधारित विकास कार्यहरूलाई थप सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका छन् ।