पोखरा । महानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरू असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने भएका छन् ।
लामो समयदेखि देखिएको असामान्य परिस्थितिका कारण पूर्णरूपमा बन्द रहेका विद्यालयहरूलाई पोखरा महानगरपालिका, नगर कार्यपालिकाको २०८२ भदौ २८ गते बसेको बैठकले असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
महानगरपालिकाको शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले दिनुभएको जानकारी अनुसार असामान्य परिस्थितिका कारण विगत केही समयदेखि विद्यालयहरू पूर्णरूपमा बन्द भएका थिए ।

नीजि विद्यालयहरू भने भदौ ३० गतेबाट नै खुलाउने नीजि विद्यालयसँग सम्बन्धित सङ्घसङ्गठनले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।
