मानव आवाज

२०८३ असार ४ गते
00: 00: 00
२०८३ असार ४ गते

विश्वकप-२०२६ मा पहिलो ह्याट्रिक मेसीबाट

काठमाडौँ । विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनाले कप्तान लियोनल मेसीको ह्याट्रिक गोलमा अल्जेरियालाई पराजित गरेको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दा विश्वकप फुटबलमा मेसीको यो १६औँ गोल बनेको छ ।

मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजसँग बराबरी गर्नुभएको छ ।

विश्वकप इतिहासमा क्लोजले १६ गोल गर्नुभएको अभिलेख छ । मेसी र क्लोजपछि फ्रान्सका एम्बाप्पेले १४ गोल गर्दै पछ्याइरहनुभएको छ । 

Author

Share the News

Recent News

Related News