मधु पन्थी, पोखरा ।
शिशिर ब्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टर, पोखराले आयोजना गरेको तीन दिने विशेष मेहेन्दी मेला २०८२ साउन २ गते सम्पन्न भएको छ।
पार्लर सञ्चालक शिशिर गोदार थापाका अनुसार असार ३२ गतेदेखि सुरु भएको मेलामा करिब ५ सय जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको थियो।
मेलामा सहभागी महिलाहरूलाई उनीहरूको रोजाइअनुसार विभिन्न डिजाइनका मेहेन्दीहरू निःशुल्क लगाइदिने व्यवस्था गरिएको थियो।
थापाले सहभागीहरूको उत्साह र सन्तुष्टि उल्लेखनीय रहेको बताउँदै, आगामी दिनमा पनि यस्ता रचनात्मक र सेवामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
युवा अभियन्ता दिपकजंग कार्कीका अनुसार साउन महिनामा हरियालीको प्रतीकका रूपमा हातमा मेहेन्दी लगाउने परम्परासँग सौन्दर्यलाई जोड्दै आयोजना गरिएको यस्तो कार्यक्रमले महिलाहरूलाई थप आकर्षित गरेको छ।