मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पाँच कम्युनिष्ट पार्टीको बैठक, पुँजिवादी विरोधदेखि पार्टी एकतासम्म

ललितपुर । नेकपा (माओवादी केन्द्र) लगायतका पाँच कम्युनिष्ट पार्टीहरूले इजरायलले मध्यपूर्वका मुलुकमाथि हस्तक्षेप गरेको भन्दै त्यसकाविरुद्ध साझा कार्यक्रम गर्ने निर्णय गरेका छन् । 

उनीहरूले यसको विरोधसँगै कार्यगत एकता हुँदै पार्टी एकतासम्मका विषयमा छलफल गरेको जनाएका छन् ।

एमालेबाहेकका कम्युनिष्ट पार्टी बाम एकताको पक्षमा रहेको स्पष्ट सन्देशसहित पछिल्लो समय उनीहरू निरन्तर छलफलमा रहेका छन् ।

अहिले एमाले पनि पुँजिवादी कित्तामा रहेको आरोप लगाउँदै उनीहरूले बाम कित्तामा आए सहकार्य र एकता सम्भव रहेको ति बाम दलको विश्लेषण रहेको छ ।  

माओवादी कार्यालय पेरिसडाँडामा २०८१ असार २१ गते बसेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) लगायतका दलहरूको बैठकले मध्यपूर्वमा इजरायली हस्तक्षेपको विरोधका साझा कार्यक्रम गर्ने निर्णय भएको माओवादी महासचिव देव गुरुङले जानकारी दिनु भयो ।

प्यालेष्टाइनीमाथिको बर्बरतापूर्ण इजरायली नरसंहारको विरोधमा विरोध अभियान नै सञ्चालनका लागि संयन्त्र गठन गर्नेसम्म निर्णय भएको जनाइएको छ ।

संयन्त्रमा हरेक पार्टीबाट दुईदुई जना रहने गरी तय भएको नेकपाका नेता ख८गबहादुर विश्वकर्माले जानकारी दिनु भयो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।

Author

Related News