मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

मुख्यमन्त्रीलाई राजीनामा दिन मीनकृष्णको सुझाव

ललितपुर । बागमती प्रदेशसभा सदस्य एवम् निवर्तमान खेलकुदमन्त्री मीनकृष्ण महर्जनले मुख्यमन्त्री बहादुर सिं लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिनु भएको छ ।

महर्जन ललितपुर निर्वाचन क्षेत्र नं १ को ख बाट निर्वाचित सांसद हुनुहुन्छ ।

प्रदेशसभामा कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँको पक्षमा समर्थन जनाउँदै पदबाट राजीनामा दिएपछि युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले २०५६ सालमा कृष्णप्रसाद भट्टराईको प्रसङ्ग स्मरण गराउँदै मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नु सुझाव दिनु भएको हो ।

कांग्रेस संसदीय दलको नेता परिवर्तनको पक्षमा उभिएर मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर गर्नु भएका उहाँले सामाजिक सञ्जालमार्फत राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिनु भएको हो ।

यसअघि उहाँलगायतले इन्द्र बानियाको विपक्षमा मतदान गरेका कारण संसदीय दलमा बानियाले पराजय व्यहोर्नु भएको थियो ।

कांग्रेस बागमती प्रदेश सभापति बानियाँलाई संसदीय दलको नेता बनाउन माग गर्दै २१ जना सांसदको हस्ताक्षरसहित २०८२ साउन ९ गते मुख्यमन्त्री लामाविरुद्ध दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको छ ।

यो प्रस्ताव दर्ता भएपश्चात् मुख्यमन्त्री लामाले निर्वाचन प्रक्रियाबाट दलको नेता चुनिएकाले तत्काल राजीनामा दिने अवस्था नरहेको र अविश्वास प्रस्ताव फेस गरेर अघि बढ्ने प्रारम्भिक प्रतिक्रिया दिनु भएको छ ।

Author

Related News