मानव आवाज

२०८३ असार ४ गते
00: 00: 00
२०८३ असार ४ गते

एम्बाप्पेको गोल कीर्तिमानी

काठमाण्डौ । फिफा विश्वकप फुटबलमा फ्रान्सका खेलाडी किलियन एम्बाप्पेले गरेको गोल किर्तिमानी गोलका रूपमा रहेको छ ।

न्यूयोर्कको न्युजर्सी स्टेडियममा २०८३ असार ३ गते बिहान सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई ३-१ गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क जोडेको हो ।

फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले दुई गोल गर्नुभयो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएकोमा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्‍यो । 

एम्बाप्पे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बन्नुभएको छ । उहाँले राष्ट्रिय टोलीका लागि ९९ खेलमा ५८ गोल पूरा गर्दै ओलिभियर जिरुडको ५७ गोलको कीर्तिमान तोड्नुभएको हो । विश्वकपमा एम्बाप्पेको कुल गोल सङ्ख्या १४ पुगेको छ । 

Author

Share the News

Recent News

Related News