मानव आवाज

२०८३ असार २६ गते
00: 00: 00
२०८३ असार २६ गते

एम्बाप्पे र डेम्बेलेको गोलमा फ्रान्स सेमिफाइनल प्रवेश

काठमाडौँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा २०८३ असार २६ गते बिहान भएको पहिलो क्वाटरफाइनलमा दुवै फरवार्डले गोल गर्दा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सन् २०१८ को विजेता तथा साविक उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबिचको खेलको विजेतासँग खेल्नेछ ।

चार वर्षअघि कतारमा भएको विश्वकपमा फ्रान्स र मोरक्को सेमिफाइनलमा आमनेसामने थिए । जसमा फ्रान्स विजयी हुँदै फाइनल पुगेको थियो ।

Author

Share the News

Recent News

Related News