मानव आवाज

२०८३ श्रावण ६ गते
00: 00: 00
२०८३ श्रावण ६ गते

प्युटारमा बृहत् धर्म–देशना कार्यक्रम सम्पन्न

ललितपुर । बागमती गाउँपालिका–४, प्युटारमा बौद्ध शिक्षा विस्तारमैत्री धर्म द्वीप केन्द्र तथा तामाङ समाजको संयुक्त आयोजनामा मङ्सिर १३ गते शनिबार बृहत् धर्म–देशना कार्यक्रम सम्पन्न भएको छ ।

प्युटार–थाङसिङटारमा आयोजना गरिएको उक्त कार्यक्रममा सयौँ भक्तजनको उत्साहपूर्ण उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमको विशेष आकर्षण परम पूज्यनीय धर्मगुरु जेचुन साङ्ग्ये खाण्डो रिन्पोछेको उपस्थितिलाई मानिएको छ ।

रिन्पोछेले मैत्री, करुणा, सत्य मार्ग र आध्यात्मिक अनुशासनका विषयमा बौद्ध दर्शनका सारगर्भित उपदेश प्रदान गर्दै समाजलाई सदाचार, सद्भावना र सकारात्मक ऊर्जातर्फ अघि बढ्न प्रेरित गर्नु भएको थियो ।

हालै धार्मिक तथा आध्यात्मिक केन्द्रका रूपमा पहिचान बनाउँदै आएको प्युटार क्षेत्रमा आयोजित यस कार्यक्रमलाई स्थानीय समुदाय, भिक्षुभिक्षुणी, धार्मिक सङ्घसंस्था तथा युवाहरूको उल्लेख्य सहभागिताले थप प्रभावशाली बनाएको पत्रकार प्रकाश लामाले बताउनु भयो ।

चारैतिर हरियाली पहाडले घेरेको रमणीय स्थलमा रहेको कार्यक्रमस्थल बागमती नदीको किनारमा रहेको छ ।

प्युटार क्षेत्रमा गाउँपालिकास्तरीय अस्पताल, विद्यालय, कलेज, गुफा–डाँडा तथा अन्य सामुदायिक संरचना क्रमशः विकसित हुँदै आएका छन् ।

बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रका अनुसार कार्यक्रमको उद्देश्य धार्मिक शिक्षा अभिवृद्धि, आध्यात्मिक चेतना विस्तार तथा सामुदायिक सौहार्द प्रवर्धन गर्नु थियो ।

कार्यक्रममा आध्यात्मिक ज्ञान, पुण्य सञ्चय, ध्यान अभ्यास तथा समाजमा धर्मबाट आउने सकारात्मक प्रभावबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रम सफल बनाउन सहकार्य गर्ने स्थानीय प्रतिनिधि, स्वय‌म्सेवक, पत्रकार तथा सम्पूर्ण समुदायलाई आयोजक संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।

Author

Share the News

Recent News

Related News