मधु पन्थी, पोखरा ।
“मरियम हेयर सैलुन र ट्रेनिङ सेन्टर” को नयाँ शाखाद्वारा २०८२ असार २७ गते देखि पोखरामा सेवाको औपचारिक रूपमा शुभारम्भ गरेको सेन्टरका प्रोप्राइटर बिजिन क्षेत्रीले जानकारी गराउनु भयो ।
पोखरा महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले स्थानीय तहमा स्वरोजगार सिर्जना गर्ने यस्ता सैलुन तथा सीपमूलक केन्द्रहरूको आवश्यकता बढ्दो छ।
मरियम सैलुनले युवायुवतीहरूलाई आत्मनिर्भर बनाउन र सौन्दर्य सेवा क्षेत्रलाई व्यवस्थित गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै वडा कार्यालय सधैं यस्ता सकारात्मक पहलसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उप-सचिव लक्ष्मीभद्र वाग्लेले व्यवसायिक युवा र महिलाहरूको अग्रसरता र सीपमूलक तालिमले ल्याउने दीर्घकालीन प्रभावबारे प्रकाश पार्नुभयो।
मरियम ब्यूटी सैलुन र ट्रेनिङ सेन्टरकी प्रोप्राइटर पुनम क्षेत्री, सरिता पहारी बास्तोला, युवा अधिकारकर्मी तथा सामाजिक अभियान्ता दिपकजङ्ग कार्की शुभकामना राख्नु हुँदै पोखराको सौन्दर्य सेवा तथा सीपमूलक तालिम क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नु भयो ।