ललितपुर । गोदावरी नगरपालिका वडा नं ७ देवीचौरकी २३ वर्षीया कोपिला नेपाली तामाङको हत्या गरी ३० वर्षीय पति विनोद पाख्रिनले प्रहरीमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
घटना विवरण अनुसार २०८२ माघ १५ गते राति विनोदले कोपिलालाई चिर्पट प्रहार गरी हत्या गरेको र माघ १६ गते बिहान टिकाभैरवस्थित प्रहरी चौकीमा पुगेर पत्नी हत्याको कबोल गरेको ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिनु भयो ।
आरोपित विनोदलाई त्यहिँबाट नियन्त्रणमा लिएर प्रहरी टोली घटनास्थल पुगेपछि घटना सार्वजनिक भएको र घटनाबारे थप अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनु भएको छ । (साङ्केतिक तस्वीर)