ललितपुर । ललितपुर-३ मा २३ जना उम्मेदवारका बिचमा २२ जनालाई पछि पार्दैनेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजकाजी महर्जनजीतको दौडमा हुनुहुन्छ ।
उहाँ आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिनिधित्व गर्न नेपाली कांग्रेसका जितेन्द्र मलेगु श्रेष्ठसँग प्रतिस्पर्धा गर्दैछन् ।
राजकाजी महर्जन राजनीतिक अनुभव र जनप्रियतामा बलियो मानिनुहुन्छ । उहाँले २०६४ सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएर नेपालको संविधान निर्माणमा योगदान पुर्याउनु भएको थियो ।
उहाँको चुनावी अभियानमा घरदैलो यात्रा प्रमुख रणनीति बनेको छ । स्थानीय बासिन्दाहरूका अनुसार महर्जन चुनाव नआउँदा वा आउँदा पनि स्थायी रूपमा नागरिकको सुखदुखमा सहभागी रहने नेता हुनुहुन्छ ।
यसपटक महर्जन २२ जना प्रतिस्पर्धीसँग भिडिरहनु भएको छ । उहाँका अनुसार केही चुनौतिहरू पनि छन् ।
अघिल्लो निर्वाचनबाट निर्वाचित तोसिमा कार्कीको विवादित भिडियो एकपछि अर्को गरी बाहिरिएपछि उहाँका प्रतिद्वन्द्वीलाई केही राजनीतिक अवसर मिलेको छ ।
कार्कीले निर्वाचित भएर केही काम नगरेको भनी मतदाताले आलोचना गरेका भिडियो क्लिप्सहरू सामाजिक सञ्जालमा छरपष्ट छन् ।
तर विश्लेषकहरू भन्छन् कि महर्जनको अनुभव, शिक्षा, संविधान निर्माणमा भूमिका र जनसामान्यसँगको नजिकको सम्बन्धले उहाँलाई बलियो उम्मेदवार बनाउँछ।
राजकाजी महर्जन भन्नु हुन्छ-“जनताको आवाज सुन्न र सेवा गर्नको लागि म सधैं यहाँ हुनेछु । चुनाव सकिएपछि पनि मेरो अभियान निरन्तर हुनेछ ।”
यो चुनाव ललितपुर क्षेत्र नं. ३ का मतदाताहरूका लागि निर्णायक मोड बन्ने सम्भावना देखिन्छ । स्थानीय माहोलले महर्जन र नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठबिच पहिलोका लागि र रास्वपाकी कार्की र एमालेका सन्दन थापामगरबिच तेस्रोका लागि तीव्र प्रतिस्पर्धा रहेको देखिन्छ ।
माहोल र अनुमान जेजे भएपनि यसको छिनोफानो भने फागुन २१ गते मतपेटिकामा पर्ने मतले नै निर्धारण गर्नेछ ।