मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

महाङ्काल प्रज्ञा प्रतिष्ठानको तेस्रो प्राज्ञसभा सम्पन्न, तीन कृति लोकार्पण

ललितपुर । महाङ्काल प्रज्ञा प्रतिष्ठानको तेस्रो प्राज्ञसभा सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति गणेशबहादुर केसीको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ परिषद्का सदस्य, विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तित्वहरू, गाउँपालिका प्रतिनिधि, शिक्षक, पत्रकार, साहित्यकार, संस्कृतिकर्मी र स्थानीय समुदायको उपस्थिति रहेको थियो ।

२०७९ सालमा स्थापना भएको महाङ्काल प्रज्ञा प्रतिष्ठानले साहित्य, भाषा, संस्कृति र समाजका विविध पक्षको अध्ययन, अनुसन्धान तथा प्रवर्धनमा निरन्तर सक्रियता जनाउँदै आएको छ ।

यसै सन्दर्भमा, तेस्रो प्राज्ञ सभाले तीन महत्वपूर्ण कृतिको लोकार्पण गरी आफ्नो प्राज्ञिक यात्रामा एक महत्वपूर्ण उपलब्धि थपेको छ।

कार्यक्रममा सार्वजनिक गरिएका तीन कृति:

  • महाङ्काल प्राज्ञिक पत्रिका-प्रतिष्ठानद्वारा प्रकाशित प्राज्ञिक सामग्रीहरूको समावेशी पत्रिका ।
  •  तामाङ–नेपाली द्विभाषिक शब्दकोश- कोशकार झञ्जबहादुर गोले र बिना न्यासुरद्वारा तयार गरिएको महत्वपूर्ण भाषिक कृति ।
  • बराम जातिको सामाजिक, सांस्कृतिक एवम् जनसाङ्ख्यिक अध्ययन-अनुसन्धानकर्ता टङ्क लामा थोकरद्वारा तयार पारिएको सामाजिक अध्ययनमूलक कृति ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति तथा प्राज्ञ परिषद् अध्यक्ष रामसुन्दर केसीले प्रतिष्ठानको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षको योजना र बजेट विवरणसमेत प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यिक सर्जकहरूद्वारा प्रस्तुत सिर्जनात्मक वाचनले कार्यक्रमलाई थप रचनात्मक र प्रेरणादायी बनाएको थियो ।

धेरै अघिदेखि ललितपुरमा साहित्यिक गतिविधि सञ्चालन गरिरहेको यो क्षेत्रमा सङ्घीय संरचनासँगै स्थानीय तहमार्फत कानुन बनाएरै गतिविधिलाई सङ्गठित गर्दै आएको कार्यक्रममा जानकारी दिइएको छ ।

कार्यक्रममा महाङ्काल गाउँपालिकाका सबै वडा अध्यक्षहरू, विद्यालय प्रमुखहरू, साहित्य–संस्कृति क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, शिक्षक, पत्रकार तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो ।

प्राज्ञसभा सफलतापूर्वक सम्पन्न भएसँगै प्रतिष्ठानको प्राज्ञिक गतिविधि थप सुदृढ हुने अपेक्षा गरिएको छ।

Author

Related News