मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

माधव र बामदेवबिच पार्टी एकताको सहमति

ललितपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमबिच पार्टी एकताको सहमति भएको छ ।

‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम,रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरियो ।’-सहमतिमा उल्लेख छ ।

अन्य नेताहरूको उपस्थितिमा दुईजनाबिच पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

आउँदो साउन २ गते राष्ट्रिय सभा गृहमा एक समारोहकाबिच एकताको घोषणा गर्ने सहमति भएको दुई नेताद्वारा हस्ताक्षरित सहमतिपत्रमा उल्लेख छ ।

Author

Related News