काठमाडौँ । लुम्बिनी लायन्स लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ ।
टीयू क्रिकेट मैदानमा २०८२ मङ्सिर २५ गते भएको दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान सुरक्षित गरेपछि सुदुरपश्चिमसँग उपाधिका लागि भिड्ने निश्चित भएको हो ।
अब लुम्बिनीले उपाधिका लागि २०८२ मङ्सिर २७ गते शनिबार सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । (फोटोःरातोपाटीबाट)