पोखरा । लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीको आयोजनामा सम्पन्न खुला रक्तदान कार्यक्रममा १ सय ४२ यूनिट रगत सङ्कलन गरिएको छ ।
२०८२ असोज ८ गते भएको कार्यक्रमलाई प्रादेशिक रक्त सञ्चार केन्द्र, पोखराले प्राविधिक सहयोग प्रदान गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्काले भाद्र २४ गतेको आन्दोलनमा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै, रक्तदानलाई “जीवन दान महादान” भन्दै प्रशंसा गर्नु भयो ।
कार्यक्रममा डिस्ट्रिक्ट ३२५ एमका गभर्नर लायन धनीराम बराल, फर्स्ट लेडी लायन विष्णु बराल, कोचिफ लायन रजनी कोइराला, क्लस्टर चिफ लायन कोपिला श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्दै रक्तदानलाई महत्वपूर्ण सामाजिक योगदानका रूपमा वर्णन गर्नु भयो ।

उहाँहरूले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्नु भयो।
लायन्स क्लब पोखरा फिस्टेल सिटीका अध्यक्ष लायन भिमा पौडेलले विषम परिस्थितिमा समेत १४२ यूनिट रगत सङ्कलन गर्न सफल भएकामा सबै रक्तदाताप्रति आभार व्यक्त गर्नु भयो ।
उहाँले कार्यक्रम संयोजक लायन निशान थापा र सुमन थापाको अथक प्रयास र नेतृत्वप्रति विशेष धन्यवाद पनि दिनु भयो । कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन कुलप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।