मधु पन्थी, पोखरा।
विगतका वर्षमा जस्तै यस वर्ष सिटिवान टेलिभिजनको समन्वयमा पोखरा महानगरपालिका वडा नम्बर १७ कार्यालयले आर्थिक वर्ष २०८१ /०८२ मा वडाबाट प्रवाह हुने सेवा, सुविधा र विकास निर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम २०८२ असार २१ गते सम्पन्न गरेको छ ।
वडाध्यक्ष राधिका शाही योगीले पोखरा महानगरको ३३ वडामध्ये भूगोल र जनघनत्वका हिसाबले यो वडा ठूलो भएकाले काम गर्ने क्रममा केही कमीकमजोरी भएको हुन सक्ने बताउँदै त्यस्ता कमजोरीलाई सुधार गरेर अगाडि बढ्ने बताउनु भयो ।
यस वडामा अन्तर्राष्ट्रिय सङ्ग्राहलय, डेभिडफल्स र गुप्तेश्वर गुफालगायतका पर्यटकियस्थल पर्दछन् भने तीन ओटा माध्यमिक विधालयमध्ये जानकी मावि महतगौडामा अटिजम भएका बालबालिका पठनपाठनको व्यवस्था गरिएको, वडालाई पर्यटन, पूर्वाधारमैत्री बनाई पार्किङ र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गरिने, जानकी मावि महतगौडामा अटिजम भएका बालबालिका पठनपाठनको व्यवस्था गरिएको र स्माटशौचालय निर्माणको अबधारणा अगाडि बढाइएको भनाई राख्नु भयो ।

योजना तर्जुमा गर्दा स्थानीयको सहभागीता महत्त्वपूर्ण विषय भएकोले वडालाई सहयोग गर्न आम वडावासीलाई उहाँले आग्रह गर्नु भयो ।
जबाफदेहिता, पारदर्शिता र जनताले तिरेको करको सही सदुपयोग हुनु जरूरी रहेको पनि उहाँले बताउनु भएको छ ।
गैरसरकारी संस्था महासङ्घ नेपालका निर्वतमान अध्यक्ष एवम् अधिकारकर्मी रामप्रसाद सुवेदीले नागरिकले प्रत्यक्ष महशुस गर्ने गरी काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा समाजसेवी एवम् सेवाग्राहीको तर्फबाट विकास गुरूङ, बुद्विबहादुर कार्की, बिष्णुप्रसाद पोखरेल, कृष्ण पौडेल, दुर्गा अधिकारी, नरेन्द्र पौडेल, लिलाबहादुर जिसी, भगवान पोखरेल, हरि बास्तोला, गोकुल रिमाल, कर्म गुरूङ, सुनिता पौडेलले आआफ्नो धारणा राख्नु भयो ।
सेवाग्राहीको तर्फबाट राखिएका गुनासाको वडा सदस्यहरू शिवराम भण्डारी, तारा परियार, बिष्णुकुमारी थापा, बिक्रम गुरूङ र वडा सचिव सुरेन्द्रप्रसाद शर्माले जवाफ दिनु भएको थियो भने सिटिवान टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले सहजिकरण गर्नु भएको थियो ।