काठमाडौँ । राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार खतरामा परेको तीन बाम नेताले बताउनुभएको छ ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाली कम्युनिष्ट पार्टीमा गाभिएको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले २०८२ कात्तिक २१ गते संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो बताउनु भएको हो ।
आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको उहाँहरूको भनाइ छ ।
