मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

‘समृद्धिका लहर’ नारासहित ललितपुरका नगर–गाउँपालिकाले सार्वजनिक गरे नयाँ बजेट

ललितपुर । ललितपुर जिल्लाका नगर तथा गाउँपालिकाहरूले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन्।

समृद्धिका लहर’ भन्ने नारासहित सार्वजनिक गरिएका बजेट योजनाहरूले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणमा जोड दिएको जनाइएको छ।

ललितपुर महानगरपालिकाले सबैभन्दा ठूलो बजेट ल्याएको छ। महानगरले आगामी वर्षका लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपियाँको बजेट प्रस्ताव गरेको छ ।

अन्य स्थानीय तहहरूको बजेट

गोदावरी नगरपालिका२ अर्ब ७ करोड २२ लाख ९० हजार ४ सय ४९ रुपियाँ

महालक्ष्मी नगरपालिका १ अर्ब ८१ करोड रुपियाँ

बागमती गाउँपालिका६२ करोड ७३ लाख ६३ हजार ८ सय ७३ रुपियाँ

महाङ्काल गाउँपालिका५३ करोड ३ लाख रुपियाँ

कोन्ज्योसोम गाउँपालिका४५ करोड ५९ लाख ७६ हजार रुपियाँ

बजेटमार्फत समावेशी विकास, ढल तथा फोहोर व्यवस्थापन, प्रविधिमैत्री सेवाहरू र नविनतम शहरी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ। अधिकांश स्थानीय तहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि विशेष बजेट छुट्याएको जनाएका छन्।

ललितपुरका जनप्रतिनिधिहरूका अनुसार, यो बजेटले जिल्लालाई ‘स्मार्ट’ र ‘हरित’ सहरतर्फ उन्मुख गराउने विश्वास लिइएको छ।

Author

Related News