ललितपुर । ललितपुर महानगरपालिकाले २०८२ साउन ४ गते शोक बिदा दिएको छ ।
पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा महानगरले सूचना प्रकाशित गरी शोक बिदा दिएको हो ।
बज्राचार्यको साउन ३ गते शनिबार ८९ वर्षको उमेरमा निधन भएको थियो ।
विभिन्न कालखण्डमा बज्राचार्यले ललितपुर महानगरको नगर प्रमुखको जिम्मेवारीमा रहेर सहरको विकासमा योगदान पुर्याउनु भएको थियो ।
आज महानगरपालिकाले सूचना प्रकाशन गरी महानगरपालिकाभर शोक विदा दिने निर्णय गरेको जनाएको छ ।
जारी सूचनामा भनिएको छ-‘ यस कार्यालयको साउन ४ गतेको निर्णय अनुसार महानगरपालिका र अन्तर्गतका कार्यालयहरूमा अत्यावश्यक सेवा बाहेकमा शोक विदा दिने व्यहोरा सूचित गरिन्छ ।’
