मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ललितपुर महानगरपालिका सर्वोत्कृष्ट, गोदावरी सबैभन्दा कमजोर (सूचीसहित)

ललितपुर स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा ललितपुर महानगरपालिका जिल्लाकै सर्वोत्कृष्ट बनेको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगको हालै सार्वजनिक प्रतिवेदनअनुसार महानगरपालिकाले ७६.३३ अङ्क प्राप्त गर्दै ललितपुरका ६ स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको हो ।

प्रतिवेदनअनुसार ललितपुरकै गोदावरी नगरपालिका भने कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ ।

गोदावरीले ४०.९३ अङ्क मात्रै प्राप्त गरेको छ । कार्यसम्पादनका १७ सूचकमध्ये ८ वटामा शून्य अङ्क ल्याएको तथ्याङ्कले देखाएको छ, जसले संस्थागत क्षमता, योजना कार्यान्वयन र सेवा प्रवाहमा सुधार आवश्यक रहेको सङ्केत गरेको छ ।

त्यस्तै महालक्ष्मी नगरपालिकाले ५१.७८ अङ्क प्राप्त गरेको छ । गाउँपालिकातर्फ महांकाल गाउँपालिकाले ७२.९९ अङ्क ल्याउँदै उत्कृष्ट प्रदर्शन गरेको छ भने कोन्ज्योसोम गाउँपालिकाले ६८.७९ र बागमती गाउँपालिकाले ६७.८४ अङ्क प्राप्त गरेका छन् ।

आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनले स्थानीय तहहरूको प्रशासनिक क्षमता, वित्तीय व्यवस्थापन, योजना कार्यान्वयन तथा सेवा प्रवाहको अवस्थालाई सूचकका आधारमा मापन गरेको जनाएको छ ।

मूल्याङ्कन नतिजाले स्थानीय तहहरूबीचको कार्यक्षमता र सेवा गुणस्तरमा रहेको अन्तरलाई उजागर गरेको विश्लेषकहरूले बताएका छन् ।

Author

Related News