मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

छोरेपाटन क्षेत्रमा लाखे नाच प्रदर्शन 

पोखरा ।  पोखरा महानगरपालिका-१७ मा २०६९ सालमा स्थापना भएको सामाजिक संस्था  नेवा पुचः छोरेपाटनको आयोजना  जनैपूर्णिमाको अवसर पारी  तीन वर्षदेखि प्रदर्शन गर्दै आएको लाखे नाचलाई यो वर्ष पनि निरन्तरता दिइएको छ ।

नेवारी समुदायको ऐतिहासिक लाखे नाचले  पोखराको छोरेपाटन क्षेत्रमा  स्थानीय समुदाय थप आकर्षित गरेको अवलोकन गर्न आएका स्थानीय समाजसेवी बुद्विबहादुर कार्कीको अनुभव छ ।

कला, संस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्ताको आकर्षण तथा जात्रालाई जीवन्त राख्न र  भाइचरा सुमधुर राख्ने उद्देश्यले  सीमित स्रोत साधनका बिच तेस्रो संस्करणको लाखे नाच प्रदर्शन गरिएको अध्यक्ष रक्षप्रसाद श्रेष्ठले  जानकारी दिनु भयो ।

श्रेष्ठका अनुसार  नेवार समुदायका विभिन्न जात्रा एवम् पर्वको प्रचलनसँग लाखे नाच पनि भित्राएको किम्बदन्ती रहेको छ ।

जनैपूर्णिमा अर्थात रक्षाबन्धनको दिन २०८२ साउन २४ गते दिउँसो छोरेपाटन, सितलपथ, बेलघारी र पातले छाँगो क्षेत्रमा नाच प्रस्तुत गरिएको सचिव लालकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

स्थानीय दर्शकहरूले लाखे नाचको  स्वागत गर्दै छुट्टै खालको रमाइलोको अनुभूति लिएको बताए । नाच हेर्नेको सङ्ख्या उल्लेख रहेको थियो ।

लाखे नाचमा सहभागी कलाकारको टोलीले आफ्नै मौलिकता झल्काउने बाजाको ताल, नाच्ने कला फरक शैलीको रहेकोले  अवलोकनकर्ताहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

नेवा पुचः छोरेपाटनले लाखे नाच प्रदर्शनलाई आगामी दिनमा पनि निरन्तरता दिने र व्यवस्थापन पक्षलाई सवल बनाउने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

Author

Related News