मानव आवाज

२०८३ असार ९ गते
00: 00: 00
२०८३ असार ९ गते

कोन्ज्योसोम गाउँपालिकाले ल्यायो ४५ करोड ९३ लाख रुपियाँको बजेट

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४५ करोड १३ लाख ७४ हजार ४ सय रुपियाँको आयव्यय सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।

गाउँपालिकाले २०८३ असार ९ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार गाउँसभाको १८ औँ अधिवेशनबाट वार्षिक नीति तथा कार्यक्रम, वार्षिक बजेट, आर्थिक विधेयक-२०८३, विनियोजन विधेयक-२०८३ तथा विभिन्न समितिका प्रतिवेदन पारित गर्दै अधिवेशन सम्पन्न भएको हो ।

गाउँसभामा पेश गरिएको नीति तथा कार्यक्रम, बजेट तथा विभिन्न विधेयकमाथि छलफलपछि गाउँसभाले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार स्वीकृत बजेटमार्फत स्थानीय पूर्वाधार विकास, सामाजिक क्षेत्र, कृषि, शिक्षा, स्वास्थ्य तथा समग्र स्थानीय विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गरिनेछ ।

गाउँपालिकाका प्रवक्ता तीर्थबहादुर घलानद्वारा जारी विज्ञप्तिमा गाउँसभाबाट पारित नीति तथा कार्यक्रम र बजेटले कोन्ज्योसोम गाउँपालिकाको समग्र विकास र समृद्धिको आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ ।

Author

Share the News

Recent News

Related News