मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

ललितपुर-२ रास्वपाका खरेल निर्वाचित

ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदिश खरेल निर्वाचित हुनु भएको छ । उहाँले ३९ हजार ४ सय ९१ मत ल्याएर जित हासिल गर्नु भएको हो ।

खरेलका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४ सय २० मत ल्याउनु भयो भने उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५ सय ४७ मत ल्याउनु भएको छ ।

यस क्षेत्रमा निवर्तमान सांसद एमालेका प्रेमबहादुर महर्जनले ४ हजार ५ सय ३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर थापाले १ हजार ७ सय ६० र नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्यले १ हजार २ सय १७ मत ल्याउनु भएको छ ।

Author

Related News