पोखरा । कास्की जिल्ला अदालतले विजया दशमी २०८३ को अवसरमा सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक सेवा प्रदान गर्ने भएको छ ।
अदालतले २०८३ असोज २३ गते सूचना जारी गर्दै दसैँ बिदाको अवधिमा पक्राउ पुर्जीको अनुमति तथा जरुरी पक्राउ पुर्जी स्वीकृतिसम्बन्धी कार्यका लागि अदालत खुला रहने जनाएको हो ।
अदालतका अनुसार २०८३ असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते पूर्णिमासम्म बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म उक्त सेवा उपलब्ध हुनेछ ।
तर, शनिबार, घटस्थापना र विजया दशमीका दिन भने अदालत पूर्ण रूपमा बन्द रहने सूचनामा उल्लेख छ । सार्वजनिक बिदाको समयमा पनि अत्यावश्यक न्यायिक कार्य प्रभावित नहोस् भन्ने उद्देश्यले अदालतले उक्त व्यवस्था गरेको हो ।