मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

सेवाग्राहीको भीडपछि कास्की प्रशासनद्वारा राष्ट्रिय परिचयपत्र सेवा समय बिहान ८ बजेदेखि

पोखरा ।  जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्रिय परिचयपत्र बनाउने सेवा प्रवाहलाई २०८२ साउन २० गते सूचना प्रकाशित गरी समय अवधि परिमार्जन गरेको छ । 

बैक खाता एवम् सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सेवाग्राहीको बाक्लो उपस्थितिले समयमा नै काम गर्न थप सहज होस् भन्ने उदेश्य  प्रशासनले २०८२ साउन २२ गतेबाट बिहान ८ बजेदेखि सेवा सुरू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताउनु भयो  ।

सामाजिक सुरक्षा नियमावली, २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार भत्ताग्राहीले प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि भदौ मसान्तभित्र आफ्नो भत्ता परिचयपत्र नवीकरण गराइसक्नुपर्ने प्रावधान रहेको  छ। 

राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएपछि परिचयपत्र बनाउन आउने सेवाग्राहीको सङ्ख्या उल्लेख्य  बढेको प्रजिअ शर्माको  भनाइ रहेको छ ।

सेवाग्राहीको अत्यधिक चापका कारण सहज रूपमा सेवा प्रदान गर्न कठिनाइ भएपछि समय विस्तार गरिएको कार्यालयले जारी गरेको सूचनामा भनिएको  छ ।

सूचना अनुसार, साउन २२ गतेदेखि सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन बिहान ८ बजेदेखि हाललाई राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रदान गरिने र यो व्यवस्थाले सेवाग्राहीलाई सहज रूपमा सेवा लिन सजिलो हुने विश्वास लिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनु भयो  ।

राष्ट्रिय परिचयपत्र बनाउन आउने ग्रामीण भेगका सर्वसाधारण एवम् सेवाग्राहीले पटकपटक सिस्टममा समस्या आउने र नचल्दा मर्कामा परेको एउटा कामको लागि पटकपटक आउँदा  समस्या परेको र धेरै समय खेरजाने गरेको सेवाग्राही शैलेन्द्रकुमार आचार्यको गुनासो रहेको छ। यसले गर्दा अशक्त, ज्येष्ठ नागरिक र बिरामीहरू मर्कामा पर्ने गरेका छन् ।

Author

Related News