मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान विधेयक प्रदेशसभामा टेबुल

वीरेन्द्रनगर । कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा टेबुल भएको छ ।

प्रदेश सभाको २०८२ जेठ २७ गते बसेको बैठकमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उक्त विधेयक टेबुल गरेका हुन् ।

उहाँले कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम ११२ को उपनियम ३ बमोजिम सभासमक्ष उक्त विधेयक टेबुल गरेका छन् ।

उक्त विधेयक कर्णाली प्रदेशभित्रको भाषा, लिपि, कला, साहित्य, लोकसंस्कृति, लोकगाथा, लोकवार्ता र सङ्गीतको अध्ययन, अनुसन्धान संरक्षण, प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले ल्याएको मन्त्री भण्डारीले बताउनु भएको छ ।

 

Author

Related News