मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

बगुवामा पुल बनाइँदै, कान्ती लोकपथ चार दिनका लागि बन्द

ललितपुर । काठमाडौँ हेटौँडा आउजाउ गर्ने छोटो दुरीको कान्ति लोकपथ चार दिनका लागि बन्द गर्ने सूचना जारी गरिएको छ । 

कान्तिलोकपथ अन्तर्गत पर्ने बगुबा–बागमती खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण कार्यका लागि चार दिन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

यही जेठ २१ जेठ गतेदेखि २४ गतेसम्म सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । पुल निर्माणको क्रममा यात्रु तथा सवारीको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिइएको बताइएको छ। 

यस अवधिमा हेटौँडा–काठमाडौँ र काठमाडौँ–हेटौँडा आउजाउ गर्ने यात्रु तथा सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न  कान्तिलोकपथ राजमार्ग योजना, ललितपुरले आग्रह गरेको बताइएको छ।

Author

Related News