मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पत्रकार महासङ्घ ललितपुर ३४ औँ वर्षमा

ललितपुर । नेपाल पत्रकार महासङ्घ, ललितपुर शाखा आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ ।

स्थापना दिवसका अवसरमा शाखाका अध्यक्ष रामहरि कार्कीले शुभकामना सन्देश जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सदस्य, पूर्वअध्यक्ष, सल्लाहकार तथा शुभेच्छुकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष कार्कीले शाखालाई स्थापना कालदेखि हालसम्मको अवस्थामा पुर्‍याउन योगदान गर्ने अग्रजहरूको उच्च सम्मान गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा सरिक भई प्रेस स्वतन्त्रताको लडाइँका क्रममा सहादत प्राप्त गरेका पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै उनले आन्दोलनका क्रममा बेपत्ता तथा घाइते भएका पत्रकारहरूको स्मरण गरेका छन् ।

महासङ्घले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हकहित, स्वतन्त्र पत्रकारिताको संस्थागत विकास, राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।

Author

Related News