मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पत्रकार श्रीसमगरलाई कौराहा संरक्षण पत्रकारिता पुरस्कार प्रदान

मधु पन्थी, पोखरा ।

“भाषा संस्कृति र भेषभूषा मगर पहिचानको आधार समृद्ध मगर समाजका लागि सक्षम मगर पत्रकार” भन्ने मूल नारासहित स्थापना भएको नेपाल मगर पत्रकार सङ्घ कास्कीको आयोजना एवम् राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको सहकार्यमा स्थापित राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ बाट १९ वर्षदेखि पत्रकारिकतामा सक्रिय पत्रकार रुद्र श्रीसमगर २०८२ साउन १ गते पुरस्कृत एवम् सम्मानित हुनु भएक‍ो छ ।

सामाजिक विकास तथा युवा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रकृति र संस्कृतिमा धनी भएकाले यस प्रदेशमा संस्कृति र मातृभाषाको संरक्षण गर्दै भाषालाई स्तरीकरण गर्न जरूरी रहेको बताउनु भयो ।

गण्डकी प्रदेशमा १४ लाख ६६ हजार जनसङ्ख्या भएकामा मगर १८.७९ प्रतिशत र गुरुङ ११.३१ प्रतिशत रहेको राष्ट्रिय जनगणनाको तथ्याङ्कले देखाउँछ ।

नेपाली भाषाका अतिरिक्त मगर र गुरुङ भाषा समेतलाई सरकारी कामकाजको भाषामा मान्यता दिएसँगै यसको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेकाले सबैको सहयोग आवश्यक रहेको पनि मन्त्री थापाले बताउनु भयो ।

नेपाल मगर पत्रकार सङ्घका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार-२०८२ छनौट समितिका संयोजक एमबी आस्थाले पुरस्कृत एवम् सम्मानित व्यक्तित्व पत्रकार रुद्र श्रीसमगरको संक्षिप्त जीवनी र पुरस्कार छनोट प्रक्रियाका बारेमा प्रकाश पार्नु भएको थियो ।

आस्थाका अनुसार पाँच सदस्यीय समितिले श्रीस मगरलाई पुरस्कार अर्पण गर्न सिफारिस गरिएको र पुरस्कारक‍ो राशी  १० हजार रुपियाँबाट बढाएर यस वर्षदेखि  १५ हजार रूपियाँ पुर्‍याइएको छ ।

यसै अवसरमा देवनागिरी लिपीमा लेखिने नेपाली भाषाका अतिरिक्त तोकिए बमोजिमको लिपीमा लेखिने मगर र गुरुङ भाषा समेतलाई सरकारी कामकाजको भाषालाई मान्यता दिन गण्डकी प्रदेश सरकारका तर्फबाट महत्त्वपूर्ण भूमिका खेलेकाले सामाजिक विकास मन्त्री विन्दुकुमार थापालाई समेत सम्मान गरिएको थियो । 

२०७५ सालमा स्थापना भएको पुरस्कारबाट यसअघि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), ‘एमबी आस्था’ (कास्की), मनोज घर्ती मगर (कास्की), खेम सारु मगर (पाल्पा) र सारदा झेंडी मगर (नवलपुर) पुरस्कृत भइसक्नु भएको छ ।

Author

Related News