पोखरा । सञ्चार क्षेत्रमा सक्रिय पत्रकार रोजी श्रेष्ठले सञ्चारकर्मसँगै व्यवसायिक यात्रालाई पनि अघि बढाउनुभएको छ ।
मिडियाकर्मी तथा फेवा टिभीकी निर्देशकसमेत रहनुभएकी श्रेष्ठले पोखरा महानगरपालिका-१७, बिरौटाचोकस्थित अजुध्या भवन (ग्रिन कम्प्लेक्स) मा ‘नाइटिङ्गेल सप्लायर्स’ सञ्चालनमा ल्याउनुभएको हो । सप्लायर्सको २०८३ असोज ३ गतेदेखि औपचारिक रूपमा सञ्चालन सुरु भएको छ ।
सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय श्रेष्ठले सञ्चारकर्मसँगै व्यवसायिक क्षेत्रमा पनि नयाँ अनुभव र सम्भावना खोज्ने उद्देश्यले व्यवसाय सुरु गरेको बताउनुभएको छ ।
‘सञ्चार क्षेत्रमा काम गर्दै आएको अनुभवसँगै अब व्यवसायमा पनि केही नयाँ गर्ने सोचले नाइटिङ्गेल सप्लायर्स सुरु गरेकी हुँ ।’-श्रेष्ठले भन्नुभयो-‘ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राख्दै गुणस्तरीय सामग्री सहज रूपमा उपलब्ध गराउने मेरो उद्देश्य हो । व्यवसायलाई विश्वास, गुणस्तर र सेवासँग जोडेर अघि बढाउने प्रयास रहनेछ ।’
ग्राहकको आवश्यकता, रोजाइ र सहजतालाई प्राथमिकतामा राख्दै आगामी दिनमा सामग्रीको विविधता थपेर व्यवसाय विस्तार गर्ने योजना रहेको श्रेष्ठले प्रतिक्रिया दिनुभएको छ ।
नाइटिङ्गेल सप्लायर्समा महिला तथा पुरुषका लागि ब्याग तथा ह्यान्डब्याग, लिङ्गरी तथा इन्टिमेट्स, एक्टिभ तथा जिमवेयर, नाइटगाउन तथा स्लीपवेयर, लाउन्जवेयर तथा टु-पिस सेटलगायत विभिन्न लाइफस्टाइल सामग्री उपलब्ध छन् ।