मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

‘लक्जरी जीवन थिएन, हार्वर्डमा अध्ययन आफ्नै कमाइले’

ललितपुर । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित बनेको ‘नेपो-बेबी ट्रेन्ड’ र इन्स्टाग्राममा चलेको ‘अनफलो अभियान’बारे खुलेर प्रतिक्रिया दिनु भएको छ ।

लामो इन्स्टाग्राम भिडियोमार्फत उहाँले आफूमाथि लागेको आरोपको खण्डन गर्दै भ्रष्टाचारविरोधी जेन-जी आन्दोलनले उठाएको आवाज मान्य रहेको तर आफूमाथि लागेको आरोप मिथ्या भएको बताउनु भएको हो ।

उहाँले आफू विशेषाधिकार प्राप्त परिवारको सन्तान भएकै कारण अवसर पाएको भन्ने आरोपलाई उहाँले खण्डन गर्दै आफ्नो आयव्ययको विवरण नै सार्वजनिक गर्नु भएको छ ।

“करप्सनविरुद्ध जनताको आवाज मान्य हो । संयोगवश म त्यो भिडियोको प्रमुख पात्र बन्न पुगेँ । मिस नेपाल हुनुअघि मेरो जीवनमा कुनै किसिमको लक्जरी थिएन, म सामान्य जीवन बाँचिरहेकी थिएँ ।”-उहाँले भन्नु भयो ।

श्रृङ्खलाले आफ्ना अध्ययनदेखि लवाइखुवाइसम्मका गतिविधि सबै इन्स्टाग्राममा खुलेआम हेर्न सकिने बताउनु भयो । उहाँका अनुसार, मिस नेपाल भएपछि मात्र आफूले संसार घुम्ने र बुझ्ने अवसर पाउनु भएको हो ।

आफूहरूको घर भएको र भाडा तिर्ने चिन्ता भने कहिल्यै नभएको उहाँले स्पष्ट पार्नु भयो । “बाबु-आमाले पुख्र्यौली सम्पत्ति बेचेर दाई र मलाई राम्रो शिक्षा दिनुभयो। त्यसबाहेक कुनै विशेषाधिकार मैले पाएकी छैन ।”-उहाँले भन्नु भयो ।

आम्दानी खर्चको विवरण

हार्वर्ड विश्वविद्यालयमा अध्ययन आफ्नै कमाइबाट सम्भव भएको दाबी गर्दै उहाँले ९६ लाख रुपियाँ नेपालमै कमाएको आम्दानीमार्फत ट्युसन फि बुझाएको जानकारी दिनु भयो ।

“हार्वर्डको ट्युसन ७६ हजार डलर थियो । मैले नेपालमै ब्रान्ड इन्डोर्स र विज्ञापनमार्फत कमाएको पैसा पठाएकी हुँ ।”-उहाँले भन्नु भयो ।

श्रृङ्खलाले एक पोस्ट इन्स्टाग्राममा राख्दा साढे ३ लाख रुपियाँसम्म लिने गरेको र ब्रान्ड इन्डोर्समेन्टबाट पर्याप्त आम्दानी भएको खुलाउनु भएको छ ।

Author

Related News