मानव आवाज

२०८३ बैशाख ३० गते
00: 00: 00
२०८३ बैशाख ३० गते

अदालतको आदेशपछि पनि डोजर चल्नु गलतः रवि लामिछाने

ललितपुर । रास्वपाका सभापति एवम् सांसद रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताउनुभएको छ ।

ललितपुरको जावलाखेलमा आयोजित रास्वपाका सांसदलाई प्रशिक्षण कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले अदालतको आदेश मान्नुपर्ने बताउँदै भन्नुभयो-‘त्यो मान्नुपर्दछ । हरेकले मान्नुपर्दछ ।’

अहिलेपनि डोजर चलिरहेको बारे पत्रकारले सोधेपछि उहाँले भन्नुभयो-‘त्यो गलत भयो, गलत भयो ।’

सर्वोच्च अदालतले सुकुमवासी बस्तीमा डोजर नचलाउन सरकारलाई २०८३ वैशाख २५ गते आदेश दिएको थियो । त्यस यतापनि विभिन्न ठाउँमा डोजर चलाएर बस्ती हटाउने काम भइरहेको छ ।

Author

Share the News

Recent News

Related News