मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

टिकटकर तुल्सीमाथि ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

ललितपुर । टिकटकबाट चर्चामा आउनु भएकी ‘तुल्सा कलेक्सन’की सञ्चालिका तुल्सी अधिकारीविरुद्ध प्रहरीले ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणको कसुरमा एकसाथ अनुसन्धान अघि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अधिकारीविरुद्ध सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक कुमार चिमोरियाले २०८२ साउन २२ गते ठगी तथा आपराधिक विश्वासघातको कसुरमा उजुरी दिनुभएको थियो ।

उक्त उजुरीमा अधिकारीमाथि ४ करोड रुपियाँभन्दा बढी रकम ठगी गरेको आरोप लगाइएको जनाइएको छ ।

ठगी मुद्दाको अनुसन्धानका क्रममा उहाँको बैङ्क खातामा शङ्कास्पद र ठूलो परिमाणको कारोबार देखिएपछि प्रहरीले सम्पत्ति शुद्धीकरणको पाटोबाट पनि अनुसन्धान थालेको हो ।

Author

Related News