ललितपुर । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने फैसलापछि विवादमा तानिएका उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनमाथि छानबिन प्रक्रिया सुरु गरिएको छ।
न्याय परिषद्को बैठकले २०८२ असार ४ गते दुवैलाई सर्वोच्च अदालतमा काजमा तानेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
छानबिन सुरु भएपछि अब न्यायाधीशद्वयले कुनै मुद्दा हेर्न नपाउने हुनु भएको छ । नेता आलमलाई सफाइ दिएको फैसलापछि व्यापक आलोचना र विवाद उत्पन्न भएपछि उहाँहरू सर्वोच्चमा तानिनु भएको हो।
सफाइको आदेशपछि आक्रोशित बनेका धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) पार्टीका कार्यकर्ताहरूले इजलासमै प्रवेश गरी दुवै न्यायाधीशलाई मोसो दलेका थिए।
सुरक्षाको चुनौती बढेसँगै उहाँहरूलाई सर्वोच्चमा तानेर थप छानबिन र अनुशासन प्रक्रिया अघि बढाइएको हो।