मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

हेम्जामा विपद्-जोखिम न्यूनीकरणसम्बन्धी अन्तरक्रिया

पोखरा । असल छिमेकी सहयोग सङ्घ (गोनेसा) को आयोजनामा उत्थानशीलता, अनुकूलता र प्रकृतिमा आधारित समाधानका लागि ‘प्राण’ कार्यक्रमअन्तर्गत विपद्–जोखिम निर्धारण तथा तयारीबारे अन्तरक्रिया २०८२ भदौ १८ गते पोखरा महानगरपालिका–२५ हेम्जामा सम्पन्न भएको छ ।

कार्यक्रममा वडा अध्यक्ष एवम् पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाले जलवायु र मौसमी प्रकोपबारे स्थानीय स्तरमै सचेतना अभिवृद्धि र जोखिम न्यूनीकरणका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो । उहाँले महानगर स्तरबाट सहकार्य गर्न तयार रहेको समेत स्पष्ट पार्नु भयो ।

नेपाल रेडक्रस, प्रहरी, राजनीतिक दलका स्थानीय नेतृव, विद्यालय व्यवस्थापन समिति, महिला समूह, युवा क्लब, बाल क्लब लगायतका प्रतिनिधिहरूले मौसमजन्य विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले समयमै सचेतना र प्रतिकार्य उपाय अपनाउनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा प्राज्ञ सोलुसनका नवीन जोशीले जलवायु परिवर्तनले निम्त्याउने विपद् र न्यूनीकरणका उपायबारे सहजीकरण गर्नु भयो ।

गोनेसाकी मुना दुवाडी र एलिसा बरालले संस्थाले सञ्चालन गरेका कार्यक्रम र यसको प्रभावकारिताबारे जानकारी गराउनु भयो ।

वडाध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दल, टोल विकास संस्था, उपभोक्ता समिति, महिला तथा आमा समूह, युवा क्लव, बाल मञ्च, कृषि सञ्जाल तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

Author

Related News