मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

एमाले नेता अधिकारी र मन्त्री पाठकद्वारा क्षतिग्रस्त जिल्ला कार्यालयहरूको निरीक्षण

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी र गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले पर्वत, बागलुङ र म्याग्दी जिल्लामा जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षति पुगेका जिल्ला पार्टी कार्यालयहरूको २०८२ असोज ४ गते निरीक्षण गर्नु भयो ।

निरीक्षणका क्रममा पर्वत पार्टी कार्यालयसँगै प्रतिनिधिसभाका निवर्तमान सांसद पदम गिरीको कुश्मा बजारस्थित पक्की घरमा आन्दोलनकारीले पुर्‍याएको क्षतिको समेत अवलोकन गरिएको थियो ।

त्यस अवसरमा पर्वत जिल्ला अध्यक्ष गोबिन्द पहारी, बागलुङ जिल्ला अध्यक्ष हिराबहादुर केसी र म्याग्दी जिल्ला अध्यक्ष बालकृष्ण शर्माले आआफ्ना पार्टी कार्यालयहरूको क्षतिको विवरण नेता अधिकारी र मन्त्री पाठकलाई जानकारी गराउनु भएको थियो थिए ।

नेता अधिकारीले जेनजी आन्दोलनमा उठाइएका मागहरू उचित रहेपनि उक्त आन्दोलनलाई विभिन्न तत्वहरूले हिंसा र विध्वंसमा परिणत गरेको टिप्पणी गर्दै आन्दोलन अर्कैले ‘हाईज्याक’ गरेको आरोप लगाउनु भयो ।

निरीक्षण कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरू भुपेन्द्रबहादुर थापा, पदम गिरी र इन्द्रलाल सापकोटाले जेनजी आन्दोलन र वर्तमान राजनीतिक परिस्थितिबारे आआफ्ना धारणा राख्नु भएको थियो ।

Author

Related News