मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

भारतीय गायिका आशा भोस्लेको निधन, नेपाली साङ्गीतिक क्षेत्रमा शोक

काठमाडौँ । चर्चित भारतीय पार्श्व गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको छ । उहाँको निधनसँगै भारतीय मात्र होइन, नेपाली साङ्गीतिक क्षेत्र पनि शोकमा डुबेको छ ।

१२ हजारभन्दा बढी गीतमा स्वर दिनुभएकी भोस्लेले नेपाली फिल्म तथा गीतसङ्गीतमा पनि महत्वपूर्ण योगदान दिनुभएको थियो ।

‘माइतीघर’, ‘प्रेमपिण्ड’, ‘चिनो’ र ‘लाहुरे’ जस्ता चर्चित नेपाली फिल्मका गीतमार्फत उहाँ नेपाली दर्शकश्रोताको मनमा बस्न सफल हुनुभएको थियो ।

उहाँले निर्देशक तुलसी घिमिरेका थुप्रै फिल्ममा स्वर दिनुभएको थियो भने सङ्गीतकार रञ्जित गजमेरसँगको सहकार्य विशेष रूपमा चर्चित छ । आशालाई नेपाली गीतसङ्गीतमा ल्याउने श्रेय समेत गजमेरलाई दिइन्छ ।

भोस्लेले नेपाली भाषाप्रति विशेष माया राख्दै उच्चारणमा समेत ध्यान दिने गर्नुहुन्थ्यो । उहाँले ‘पहाडको माथिमाथि’ लगायत गीतमा स्वरसम्राट नारायण गोपालसँग सहकार्य गर्नुभएको थियो ।

भौतिक रूपमा उहाँ अब नरहे पनि उहाँका कालजयी गीतहरू सधैं श्रोताको मनमा गुन्जिरहनेछन् ।

Author

Related News