मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

भारत–चीन विदेशमन्त्रीबीच नयाँ दिल्लीमा भेटवार्ता

ललितपुर । भारतका विदेशमन्त्री डा. एस. जयशङ्कर र चीनका विदेशमन्त्री वाङ यीबीबिच नयाँ दिल्लीमा भेटवार्ता भएको समचार छ ।

जयशङ्करले सामाजिक सञ्जालमार्फत दुई देशबिचको सम्बन्ध, व्यापार, आर्थिक मुद्दा, धार्मिक तीर्थयात्रा, जनस्तर सम्पर्क, सीमावर्ती व्यापार र भौतिक पूर्वाधारलगायत विषयमा गहन छलफल भएको जानकारी दिनु भएको छ ।

उहाँले आपसी सम्मान र संवेदनशीलताका आधारमा सम्बन्ध अघि बढाउनु उपयुक्त हुने बताउँदै हालका चुनौती समाधान गर्न दुवै पक्षले निर्माणात्मक दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्नु भयो ।

छलफलमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयसमेत उठान भएको र यसले स्थिर तथा भविष्यमुखी सम्बन्ध निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

Author

Related News