मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कालिका मन्दिरको आम्दानी र खर्च सार्वजनिक

मधु पन्थी, पोखरा

बागलुङ जिल्ला अबस्थित नेपालकै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले मन्दिरको २०८२ जेठ महिनामा २८ लाख ८७ हजार १ सय २७ रुपियाँ आम्दानी गरेको आम्दानी र खर्चको हिसाब किताब २०८२ असार ३ गते सार्वजनिक गरेको छ ।

अध्यक्ष कुमार खड्काका अनुसार भक्तजनले चढाएको भेटीबाट १७ लाख ५३ हजार ९ सय ३०, चामलबाट ४२ हजार ६ सय, बोकाको टाउको विक्रीबाट ७७ हजार ७ सय, ५० कुखुराबाट ४ हजार ९ सय ५० रुपियाँ आम्दानी भएको बताउनु भयो।

भाडामा दिएको सटरबाट ३ लाख ९ हजार ५ सय ४० विवाहबाट ५ हजार, आर्थिक सहयोग मार्फत १ लाख २५ हजार ८ सय ७ रुपियाँ, परेवा विक्रीबाट ५ लाख ५० हजार ७ सय ५० रुपियाँ, पण्डितबाट १४ हजार ६ सय रुपियाँ, राँगाबाट २ हजार २ सय रुपियाँ आम्दानी रहेको ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले जेठ महिनामा १५ लाख ८१ हजार ८ सय ५० रुपियाँ खर्च भएको बताउनु भयो ।

जसमा गुठीका कर्मचारीलाई तलब रू ३ लाख ९० हजार रुपियाँ, विद्युत खर्च ३१ हजार २ सय रुपियाँ, अतिथि सत्कार १ लाख २६ हजार ५ सय रुपियाँ, आर्थिक सहयोग ३० हजार रुपियाँ, पूर्वाधार विकास तथा निर्माण ५ लाख २५ हजार रुपियाँ, पुजा खर्च ३६ हजार रुपियाँ, पोशाक ५० हजार रुपियाँ, खाध्यान्न तथा आवास ७७ हजार ९ सय रुपियाँ, यातायात भ्रमण ७५ हजार रुपियाँ, इन्धन २६ हजार ७ सय रुपियाँ, विज्ञापन ३ हजार रुपियाँ र चैत्राष्ठमी मेलामा २ लाख खर्च भएको छ । जस मध्ये १३ लाख ५ हजार ३ सय २७ रुपियाँ बचत भएको कोषाध्यक्ष खड्काले जानकारी दिनु भयो ।

Author

Related News