मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

इलाम तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

सरकारले इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । बाढी पहिरोमा परी इलाममा मात्रै ३९ जनाले ज्यान गुमाएका छन् ।

२०८२ असोज २३ गते बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

यही असोज १७ र १८ गते परेको अविरल वर्षाको कारण आएको बाढी पहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनु भएको छ ।

फोटोः पत्रकार मनोज अधिकारीको फेसबुक वालबाट

Author

Related News