ललितपुर । गोदावरी नगरपालिका-१३ झरूवारासी डेरा गरी बस्ने मकवानपुर घर भएकी २० वर्षीया डोल्मा वाइवालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३० वर्षीय श्रीमान मदनबहादुर स्याङतानलाई प्रहरीले २०८२ साउन १० गते पक्राउ गरेको छ ।
घरायसी विवादको क्रममा मदनले चक्कु प्रहार गरी डोल्माको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँ र प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरीले आरोपितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि जनाएको छ । (समाचारमा प्रयोग भएको तस्वीर साङ्केतिक हो)