मधु पन्थी, पोखरा ।
राष्ट्रिय मानवअधिकार आयोगको २५ औं वाषिर्कोत्सव कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशको मानवअधिकार अवस्था सन्तोषजनक रहेको २०८२ जेठ १३ गते पोखरामा आयोजित कार्यक्रममा बताउनु भएको छ ।
प्रदेश प्रमुख भट्टले मुलुकमा मानवअधिकार संस्कृतिको विकास गर्दै मानव अधिकारको सम्मान र संरक्षण गर्नमा आयोगले आफ्नो स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान गर्दै आइरहेकोमा आभार व्यक्त गर्दै मानव अधिकारप्रतिको आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नको लागि नेपाल सरकारलाई योजना बनाउन र त्यसको कार्यान्वयन गर्ने चरणमा समेत आयोगले काम गरेको उहाँको भनाइ छ ।
उहाँले राष्ट्रिय मानव अधिकार आयोगले निरन्तर पर्यवेक्षण र अनुगमन गरी प्राप्त सुझावबाट नेपाल सरकारलाई मानव अधिकार संरक्षण गर्न थप मद्धत पुयाएको बताउनु भयो ।
कार्यक्रम माकास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, गैरसरकारी सस्था महासङ्घ गण्डकी समितिका अध्यक्ष गोपाल खड्का, यूएडीपिका प्रतिनिधि टेक टमाटा लगायतकाले शुभकामना राख्नु भएको थियो ।