मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कारागार सुधार गर्न मानवअधिकार आयोगको निर्देशन

ललितपुर । राष्ट्रिय मानवअधिकार आयोगले देशभरका कारागारहरू मानव अधिकारमैत्री नभएको भन्दै सुधारका लागि २०८२ साउन २७ गते एक विज्ञप्तिमार्फत नेपाल सरकारलाई निर्देशन दिएको छ ।

रुपन्देही र कैलाली कारागारको अनुगमनमा आयोगले कैदीबन्दीहरू अत्यधिक भीडमा बस्नुपरेको, स्वास्थ्य, सुरक्षा र सुविधा अभाव, स्थानान्तरण प्रक्रिया अपारदर्शी र सुरक्षामा कमजोरी रहेको पाएको जनाएको छ ।

रुपन्देही कारागारमा रास्वपाका सभापति रवि लामिछानेलाई अनुपयुक्त कोठामा राखिएको, हिँडडुल गर्न नदिइएको, खुला शौचालय भएको र अदालती आदेश हुँदाहुँदै स्थानान्तरण नगरिएको उल्लेख छ ।

क्षमताभन्दा साढे दुई गुना बढी कैदीबन्दी रहेको जेलमा खोजियो एसी !

कैलालीमा भने सुरक्षाकर्मीको कमी र प्रविधियुक्त सुरक्षा प्रणालीको अभावका कारण पटक–पटक भिडन्त भएको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले पर्याप्त जनशक्ति र बजेट उपलब्ध गराई कारागारलाई सुधारगृहको रूपमा विकास गर्न, स्थानान्तरण प्रक्रिया पारदर्शी बनाउन र सम्पूर्ण कारागारलाई मानव अधिकारमैत्री बनाउन निर्देशन दिएको छ ।

कैलाली कारागारमा पुनः हिंसात्मक झडप, सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न

Author

Related News