मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

होटल बाराहीले सङ्कलन गर्‍यो ५६ युनिट रगत

मधु पन्थी, पोखरा ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग तथा होटल बाराही प्राली पोखराको आयोजनामा २०८२ साउन ३ गते रक्तदान कार्यक्रम गरिएको छ ।

पोखराको पुरानो तथा चारतारे  ब्रान्डको होटल बाराहीले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको वरिष्ठ लेखापाल दिनेशबाबु कुईकेलले जानकारी दिनु भयो ।

रक्तदानमा होटल बाराहीका कर्मचारीहरू, प्रबन्धकहरू, सशस्त्र प्रहरी बलका कर्मचारीहरू, ट्राभल एजेन्सीका प्रतिनिधिहरू र स्थानीय समुदायका  व्यक्तिको उपस्थित रहेको थियो ।

रक्तदानले मानवता र जीवन बचाउने सेवाको प्रेरणादायी बन्न पाएकोमा उत्साहित भएको लेखापाल  हार्दिक रिजालको अनुभव छ ।

सामाजिक कार्यप्रति प्रतिबद्धता जनाउँदै रक्तदान कार्यक्रमलाई होटल बाराहीले गत वर्षदेखि आयोजना गर्दै आएको रिजालले बताउनु भयो । रक्तदानमा ५६ युनिट रगत सङ्कलन भएको छ। 

Author

Related News