मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

स्वास्थ्यमन्त्री पाठक आधारभुत स्वास्थ्य संस्थामा

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले व्यक्तिगत रूपमा बागलुङ जिल्लाको गलकोट नगरपालिका-११ मनेवास्थित शहरी स्वास्थ्य केन्द्र तथा राजमार्ग आपतकालीन स्वास्थ्य सेवा इकाइलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर २०८२ कात्तिक ९ गते हस्तान्तरण गर्नुभएको छ ।

राजमार्ग आपतकालीन स्वास्थ्य इकाइका लागि केही समयअघि मन्त्री पाठकले प्रतिबद्धता जनाउनुभएको उक्त विद्युतीय सामग्रीहरू प्रतिबद्धताअनुसार नै हस्तान्तरण गरिएको मन्त्री पाठकले बताउनु भयो ।

मन्त्रीको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको जनाउँदै गलकोट नगरपालिका-११ का वडा अध्यक्ष डम्बर श्रीसले ‘मानव आवाज’सँग कुरा गर्दै उक्त उपकरणहरूले स्वास्थ्य सेवाको प्रभावकारिता बढाउने विश्वास व्यक्त गर्नु भयो ।

Author

Related News