मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कास्की-३ मा रास्वपाकी बिना गुरुङ निर्वाचित

पोखरा । प्रतिनिधिसभा सदस्य पदमा कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार बिना गुरुङ निर्वाचित हुनु भएको छ ।

२०८२ फागुन २२ गते सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार गुरुङ विजयी भएको प्रमुख निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिनु भएको छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा गुरुङले भारी मतान्तरसहित विजय हासिल गर्नु भएको हो । उहाँले ३७ हजार ७ सय ५० मत प्राप्त गर्नु भएको छ ।

यस क्षेत्रमा कुल ६५ हजार ४ सय ७ मत खसेको थियो । गुरुङले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज गुरुङलाई २४ हजार ९ सय ७० मतान्तरले पराजित गर्नु भएको हो । मनोज गुरुङले १२ हजार ७ सय ८० मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार दामोदर बैरागीले ७ हजार ९ सय ६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्नु भएको छ ।

अन्य उम्मेदवारहरूमा नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरीले १ हजार ४ सय ५६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अर्जुन खनालले १ हजार ४ सय ६, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५ सय ८६ र उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले ४ सय ६३ मत प्राप्त गर्नु भएको छ ।

नेकपा (माओवादी) का कमल खड्का विश्वकर्मा लगायत साना दलका उम्मेदवारहरूको मत भने न्यून रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

Author

Related News