मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

सङ्क्रमणकालीन न्यायका विषयमामा सरकार गम्भीर छ-गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारका प्रमुख दायित्वहरू क्रमशः पूरा हुँदै गएको बताउनु भएको छ ।

उहाँले चुनाव सम्पन्न भइसकेको र भदौ २३ र २४ गतेका घटनाको छानबिन प्रतिवेदन अध्ययनको अन्तिम चरणमा रहेको जानकारी दिनु भयो ।

काठमाडौंमा २०८२ चैत ९ गते आयोजित “अल्झनमा परेको सङ्क्रमणकालीन न्याय र विश्वसनीय समाधानको बाटो” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त घटनाको अनुसन्धानका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिएको र सो आयोगले प्रतिवेदन बुझाइसकेको बताउनु भयो । उहाँले प्रतिवेदन अध्ययनपछि त्यसको कार्यान्वयन गरिने स्पष्ट पार्नु भयो ।

“अन्तरिम सरकारको पहिलो दायित्व चुनाव गराउने थियो, जुन पूर्ण रूपमा सम्पन्न भइसकेको छ ।”- मन्त्री अर्यालले भन्नु भयो-“दोस्रो दायित्व अन्तर्गत घटनाको अनुसन्धान भइसकेको छ, अहिले प्रतिवेदन अध्ययनको क्रममा छ र कार्यान्वयनमा जानेछ ।”

सङ्क्रमणकालीन न्यायको विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले आफू अधिकारको क्षेत्रमा क्रियाशील व्यक्ति भएकाले यस विषयमा मिहिन ढङ्गले काम भइरहेको दाबी गर्नु भयो । “काम सम्पूर्ण रूपमा सम्पन्न नभए पनि बिगार्ने गरी काम भएको छैन ।”- उहाँले भन्नु भयो ।

उक्त कार्यक्रम आम द्वन्द्वपीडित समुदाय र एड्भोकेसी फोरमको सहकार्यमा आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी अधिकारकर्मी तथा द्वन्द्वपीडितहरूले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा गृहमन्त्रीले गर्नु भएको सम्बोधन

Author

Related News