मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

दशैँ सकिएपछि भाडादर घटाउने सरकारी निर्णयप्रति चौतर्फी आलोचना

ललितपुर । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी दशैँ, तिहार र छठ जस्ता चाडपर्वका बेला हवाई टिकटको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै स्वीकृत भाडादर सार्वजनिक गरेको छ ।

प्राधिकरणले काठमाडौं-तराई लगायतका ट्रक सेक्टरका लागि अधिकतम स्वीकृत भाडादर तोकेर सोही मूल्यभन्दा बढी रकम असुल्न नपाइने जनाएको छ ।

तर यो निर्णय दशैँको भीडभाड सुरु भइसकेपछि सार्वजनिक भएको र चाड सकिएपछि मात्रै कार्यान्वयन हुने देखिएकाले यात्रुहरूबाट तीव्र आलोचना भएको छ ।

उपभोक्ता अधिकारकर्मीहरूले सरकारले भाडादर घटाउने निर्णय यात्रुको राहतका लागि नभई ‘कागजी घोषणा’ का लागि मात्रै गरेको आरोप लगाएका छन् ।

वर्षौँदेखि दशैँतिहारका बेला हवाई भाडा आकाशिएको गुनासो आइरहँदा तत्कालीन राहत दिनुपर्ने माग भइरहेका बेला प्राधिकरणले चाड सकिएपछि मात्र दर समायोजन गर्ने निर्णय लिएको भन्दै यात्रुले विरोध गरेका छन् ।

यसअघि पनि टिकट वितरणमा ठगी र कालाबजारी रोक्न सरकारी निकाय असफल भएको आलोचना हुँदै आएको छ ।

यो वर्ष पनि प्राधिकरणले यात्रुहरूलाई अनलाइन प्रणाली वा हेल्पलाइन नम्बरमार्फत उजुरी गर्न आग्रह गरे पनि यात्रुहरू भने “नियमनमा भन्दा पनि देखावटी घोषणा” मात्रै भएको भन्दै असन्तुष्ट देखिएका छन् ।

Author

Related News