ललितपुर । आगामी फागुन २१, २०८२ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत, ललितपुर क्षेत्र नं १ बाट उम्मेदवार सनोज महतसँग हाम्रो टोलीले विस्तृत अन्तर्वार्ता गरेको छ ।
लेलेका स्थायी बासिन्दा महत नेपाली राजनीतिमा २५ वर्षदेखि सक्रिय हुनुहुन्छ । नीति तथा विधि क्षेत्रमा वकालत गर्दै आउनु भएका महत सामाजिक मुद्दाहरूमा निरन्तर पैरवीकर्ताको रुपमा परिचित हुनुहुन्छ ।
अन्तर्वार्तामा सनोज महतले आफ्नो पार्टी पिपुल्स फर्स्ट पार्टीको दृष्टिकोण र आगामी योजना प्रस्तुत गर्दै भन्नु भयो-“हामी आम जनताको आवाज संसदसम्म पुर्याउने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका छौँ । हाम्रो प्राथमिकता सामाजिक न्याय, शिक्षा र स्वास्थ्य सुधारमा केन्द्रित रहनेछ ।”
उहाँले आफ्नो चुनाव चिन्ह “विजय प्रतीक: दुई औँला खुलेको, तीन औँला बन्द हातको आकृति” र त्यसले जनताको बिचमा सन्देश पुर्याउने तरिका पनि स्पष्ट पार्नु भयो ।
महतले क्षेत्रीय विकास, रोजगारी सिर्जना र कानुनी सुधारका विषयमा आफ्नो स्पष्ट नीति र योजना प्रस्तुत गर्दै मतदातालाई विश्वास दिलाउने प्रयास गर्नु भएको छ ।
उहाँसँग भएको अन्तर्वार्ता राजनीतिक दृष्टिकोण मात्र नभई सामाजिक मुद्दाहरूमा उहाँको सक्रियता र आगामी संसदमा प्रतिनिधित्व गर्ने योजना बारे विस्तृत रहेको छ ।
सनोज महतको यस अन्तर्वार्ताले आगामी चुनावमा ललितपुर क्षेत्र नं १ का मतदाताहरूलाई उहाँबारे थप जानकारी लिन अवसर दिएको छ ।